Kirat Rai Cultural Artist Association Contents Goes Here!!!!
किरात राई हाजिरी जवाफ प्रतियोगिता २०६९
किरात राई सांस्कृतिक कलाकार संघको सातौं स्थापना दिवसको अबसरमा किरात राईहरुको बिबिध बिषयको अध्ययन

रक्तदान कार्यक्रम २०६९
किरात राई सांस्कृतिक कलाकार संघको सातौं स्थापना दिवसको अवसरमा मानबिय शेवा र सद्भावको लागि रक्तदान कार्यक्रम २०६९ को आयोजना हुन गईरहेकोले सम्पुण महानुभावहरुमा सहभागि भईदिन हुन अनुरोध छ ।
सर्म्पर्क ९८५१०४३५६०, ९८४१४१३५६०, ९८४११६२५८०

यलम्वर सांगीतिक प्रतियोगिता २०६९
किरात राई सांस्कृतिक कलाकार संघको सातौं स्थापना दिवसको अवसरमा गीत संगितको माध्यमबाट किरात राईहरुको सामाजिक जागरण र पहिचानको लागि सृजनात्मक अभियान संचालन गर्नपर्ने आवश्यकता देखिएकोले किरात राईहरुकोर् इतिहास,

मानवीय सहयोग
झापा जिल्ला महाभारा -५ निबासी, मा विजय राई बोनम्यारो रोग लागि बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार गराई रहेको छु |डाक्टरका सल्लाह अनुसार नेपालमा यो रोगको उपचार सम्भव छैना, तेसका लागि भारत जानुपर्छ | त्यसका निम्ति २५ देखि ४० लाख रुपैया लाग्ने बताइएको छु |

सांस्कृतिक पहिचान, जातीय सह-अस्तित्व र सामाजिक सद्भावको लागि
सम्पुर्न जनसमुदायमा किरात र्राई सांस्कृतिक कलाकार संघ
केन्द्रीय कार्यसमितिको अपिल
» सांस्कृतिक पहिचानको लागि "चण्डी" को ठाउँमा "साकेला" शब्दलाई अनिवार्य रुपमा प्रयोग
गरौं गराऔं ।
» किरात जन्य चाडहरुमा MOBILE SMS लगायत संचारका सबैमाध्यमबाट शुभकामना
आदान प्रदान गर्ने वानीको विकास गरौं ।
» नमस्कार अभिवादन गर्दा किराती शब्द "सेवा" प्रयोग गर्ने गरौं ।
» साकेला सिलीलाई व्यवस्थित गर्दै विश्वब्यापिकरण गरौं ।
अवधारणा पत्र
मानव जातिले प्रयोगमा ल्याएका धेरै बस्तुहरु मध्ये संगीत पनि चेतनाले अनुभुत गर्ने विषय हो । यो गोलाकार भूगोलको विभिन्न ठाउँमा वसोवास गर्ने मानवजातिले आ-आफ्नै विवेक चेतना र अनुभवको आधारमा संगीत संयोजन र संगीत यन्त्रहरुको निर्माण र आविष्कार गर्दै गए । सारमा बुझ्दा संगीत एउटै जस्तो भए पनि यान्त्रिक हिसावले हर्ेदा र बुझ्दा यो संसारमा संगीतका पक्षहरु भिन्न भिन्न छन् । भौगोलिक वनावटको दृष्टिकोणले, जातीय पहिचानको दृष्टिकोणले, सामाजिक वनोटको दृष्टिकोणल,े सँस्कृतिक र सँस्कारको दृष्टिकोणले, मानसिक विकास, सभ्यता, जातीय धर्म। परम्पराको दृष्टिकोणले पनि संगीतको प्रयोग र विधिमा पृथकता रहन गएकोछ । विज्ञानको नियम अनुसार दर्ुइवस्तुको आपसी र्घष्ाणबाट संगीत उपयोगी ध्वनि मानवीय चेतना भन्दा पहिलेनै प्रादर्ुभाव भए पनि प्राक्कालीन मानव सभ्यताको जन्म पछि मात्र संगीतको दस्तावेजिकरण र शास्त्रियकरण भएको पाइन्छ । शास्त्रीयकरण पनि दुुनियामा एकै प्रकारको भएन, त्यो नहुनुको कारण पनि वैज्ञानिक चेतनाको कारणले हुन सक्छ । पछि वैज्ञानिकिकरण गर्दै जाँदा भने ध्वनि र स्वरहरुको लिपिवद्ध चाहि समान रुपले भएको पाइन्छ ।
किरात राई सांस्कृतिक कलाकार संघ खोटाङको प्रथम जिल्ला सम्मेलन भर्खरै सम्पन्न भएको छ । खोटाङको दिक्तेल बजार स्थित समिक्षालयहलमा मिति ०६८ आश्विन ३० र कार्र्तिक १ गते सम्पन्न भएको उक्त सम्मेलनको उद्घाटन सत्रमा खोटाङ जिल्ला ब्यापि भाषाको गीति सम्मेलन पनि आयोजना गरिएको थियो । किरात राई सांस्कृतिक कलाकार संघ खोटाङको जिल्ला सम्मेलन आयोजक समितका संयोजक भिमसेना राईको अध्यक्षतामा आयोजित उद्घाटन सत्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय कार्यसमितका अध्यक्ष जीतेन राईले किराती मौलिक बाजा बिनायो बजाएर गर्नुभएको थियो ।
किरात राई सांस्कृतिक कलाकार संघ, जिल्ला कार्यसमिति ललितपुरले निर्माण गरेको किरातर्ीर् इंतिहास, संस्कृतिमाथि निर्माण गरिएको गीति संग्रह लिमचिङ वुङ को बिमोचन हालै किरात राई सांस्कृतिक कलाकार संघ, केन्द्रीय कार्यसमितिका अध्यक्ष जीतेन राईले गर्नुभयो । किरात राईहरुको बिबिध विषयलाईमात्र समेटेर निर्माण गरिएको उक्त बिमोचन कार्यक्रम उधौली साकेला ०६८ को अवसर पारेर जिल्ला विकास समिति ललितपुरको सभाहलमा आयोजक समितिका अध्यक्ष रोसन र्राईको अध्यक्षता र सचिव रेवत र्राईको संचालनमा सम्पन्न भएको छ । जीतेन राईको प्रमुख आतिथ्यतामा सम्पन्न्ा भएको उक्त कार्यक्रममा केन्द्रीय कार्यसमितिका उपाध्यक्षद्धय पार्वती राई र मण्डल साम्पाङ, महासचिव जनक राई , सचिवहरु राजु एन राई र कपिल राई , कोषाध्यक्ष भुपेन्द्र पुमा राई , सहकोषाध्क्षद्धय आशा व. राई र भिषण मुकारुङ लगायत केन्द्रीय सदस्यहरु सरला राई , भिमसेना राई , बेनुका राई , सालिक सातासाकको पनि सहभागिता रहेको थियो भने उक्त कार्यक्रममा कि.रा.सा.क.सं. के.का.स. का सल्लाहाकार तथा यायोक्खा के.का.स.का पर्ुव अध्यक्ष सुमाया राई , सुनुवार नाट्य तथा चलचित्र कलाकार संघका अध्यक्ष अमृत सुनुवार, सल्लाहाकार अ.शान्ति कुमारी राई , यायोक्खा के.का.स. का सह कोषाध्यक्ष र्सवधन राई , यायोक्खा काठमाडौंका अध्यक्ष जिवन राई , ललितपु्रका अध्यक्ष डि.वी. राई सरोज, किरात राई पत्रकार संघ केकास अध्यक्ष पदम राई , तुवाचुङ जायाजुङ संरक्षण समितका उपाध्यक्ष देवराज राई , कोषाध्यक्ष कमला राई , रुपाकोट सामुदायिक एफएम का स्टेशन म्यानेजर टंक थापा, किरात राई सांस्कृतिक कलाकार संघ भक्तपुर र मोरङका अध्यक्ष क्रमस शुशिला राई र लक्ष्मी राई लगायत सांस्कृतिक कलाकर्मी हरुको उक्त कार्यक्रममा उपस्थिती रहेको थियो ।
संघका सहकोषाध्यक्ष जानुका र्राईले स्वागत मन्तब्य र गीति संग्रह निर्माण समितिका संयोजक तथा आयोजक समितिका उपाध्यक्ष सुमन र्राईले संग्रह निर्माणको आवश्यकता र संग्रहको वारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रममा किराती मिथक संग जोडिएको लिमचिङ बुङ को पातलाई ब्याचको सट्टा सांस्कृतिक खवरदारी स्वरुप अतिथीलाई ब्याचको रुपमा प्रदान गरिएको थियो । लिमचिङ बुङ बिमोचन पस्चात संग्ा्रह निर्माणमा सहयोग गर्ने सबैलाई कदर पत्र प्रदान गरिएको थियो भने बिमोचित संग्रहको गीतहरु पनि प्रस्तुत गरिएको थियो । उक्त संग्रहमा जम्मा ५ बटा गीत रहेको जानकारी आयोजक समितिले जानकारी गराएका थिए । उक्त संग्रहमा खुक्सङ खम्वु, चतुरभक्त र्राई, निर बहादुर र्राई मुगेन्द्र र्राई, र मुकेस र्राईको शब्द रचना/संकलन तथा जीतेन र्राई, शान्तिराम र्राई र रेवत र्राईको लय संकलन तथा संगित रहेको छ ।
किराती समुदायमा रहेको किराती गीतको अभावलाई कम गर्दै सुजनाको माध्यमद्धारा समुदायलाई सामाजिक सचेतना जगाउंदै जानको लागि निर्माण गरिएको उक्त संग्रह बिमोचन कार्यक्रमको अन्यमा कार्यक्रमलाई समापन गर्दै अध्यक्षता गरिरहनुभएको रोसन र्राईले बिमोचित ग्ाीति संग्रहको नाम लिमचिङ वुङ राखेर संग्रहको नामबाट पनि पहिचानको कार्यअगाडि बढेको र आगामि दिनमा पनि यस्तैखालका कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता र साकेलाको शुभकामना सहित कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि जीतेन र्राईले संग्रह निर्माणमा सहभागि सबैलाई बधाई सहित किरातर्ीर् इतिहास र स्ांस्कृतिको संरक्षण र सर्म्वर्द्धनमा भएका समस्या र भावि कार्यनीतिको वारेमा बिबिध पक्षको बारेमा प्रकाश पार्नुभएको थियो ।